जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कार्यालयदेखि अयोध्याधामसम्म भव्य शोभायात्राः राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याईदै

प्रधानमन्त्री कार्यालयदेखि अयोध्याधामसम्म भव्य शोभायात्राः राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याईदै

भरतपुर,बैशाख ५-

माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि भव्य शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु ल्याईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी खर्चमा बनाईएका ती मूर्तिहरु चैत ७ गते प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुने भएको हो । अयोध्याधाम व्यवस्थापन समितिले आईतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी काठमाण्डौंको राम मन्दिरबाट स्वस्तीवाचनसहित प्रधानमन्त्रीले ती मूर्तिहरु हस्तान्तरण गर्ने जानकारी दिएको छ । समितिका संयोजक तीर्थराज भुषालका अनुसार हस्तान्तरणपछि बग्गी, रथसहितको कलशयात्रा र करिब पाँच सय वटा सवारीसाधनसहितको शोभायात्रा चैत ७ गते काठमाण्डौंबाट चितवनका लागि प्रस्थान गर्नेछ ।

नागढुंगाबाट बग्गी काठमाण्डौं फर्कने छ भने चार वटा गाडीमा चार वटा मूर्तिहरुसहितका गाडी चितवनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ ४ देखि ५ बजेको समयमा दासढुंगामा शोभायात्रामा सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार सो दिन साँझ उक्त टोलीको खानपान र बासको व्यवस्था देवघाटमा नै रहने छ ।
चैत ८ गते बिहान देवघाटका विभिन्न पिठाधीशहरुको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उक्त शोभायात्रा पुनः दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्ठको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचारप्रसाार समितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो । दवाडीका अनुसार माडीमा हालै निर्माण गरिएको मन्दिरमा ती मूर्तिहरु राखिने छ ।

उक्त दिन माडीमा नौ सय सवारीसाधन र चार हजार भक्तजनहरुलाई खान बस्नको व्यवस्था गरिएको दवाडीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते भानु जयन्तीको अवसरमा भगवान रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताउनुभएपछि उक्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका काम अगाडि बढेका छन् । माडी नगरपालिकाले धाम व्यवस्थापनको लागि एक सय विगाहा जमिन दिने निर्णय गरिसकेको छ भने धामको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । धामको सम्पूर्ण निर्माण सम्पन्न गर्न करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने जनाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका