जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • भरतपुरमा मेघगर्जन सहित असिना पानी, जनजीवन प्रभावित

भरतपुरमा मेघगर्जन सहित असिना पानी, जनजीवन प्रभावित

चितवन, वैशाख ४-

भरतपुरमा आज साँझ मेघगर्जन र हावाहुरीसहित असिना पानी परेको छ ।

हावाहुरी र असिनाले जनजीवन प्रभावित भएको छ । छिनछिनमा विधुत् कटौती भइरहेको छ भने बजारमा धुलो उड्दा किनमेलमा गएका नागरिक प्रभावित भएका छन् । असिनाले नारायणगढको पुलचोकमा मानिसहरुको भागदौंड पनि मच्चिएको थियो ।

देशका पहाडी भू–भाग र तराईका केही स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग\हावाहुरी\असिना सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ । त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका