जोडिनुहोस
  • होमपेज
  • काँग्रेसद्वारा चितवनको रामपुर कृषि क्याम्पसमा नेविसंघमाथि भएको आक्रमणको निन्दा

काँग्रेसद्वारा चितवनको रामपुर कृषि क्याम्पसमा नेविसंघमाथि भएको आक्रमणको निन्दा

चितवन,बैशाख ४-

नेपाली काँग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा शुक्रबार नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि साङ्घातिक हमला भएको भन्दै सो घटनाको निन्दा र भत्सर्ना गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत शान्तिपूर्ण विचार प्रकट गर्ने र ज्ञानको अनुसन्धान गर्ने चेतनाको केन्द्र शैक्षिक स्थलमा कोहीबाट पनि हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने उल्लेख गरेका छन् ।

यस्तो प्रवृत्ति देशका जुनसुकै कुनामा आफ्ना निकटबाट होस् या अन्यबाट काँग्रेस नीतिगत रुपले नै त्यसका विरुद्ध सदैव उभिने उल्लेख गर्दै उनले घटनामा घाइते भएका विद्यार्थी नेता दिपेश बानियाँ र खेमराज उपाध्यायको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् ।

सोनाम लामा र हिमाल आचार्यलगायतका विद्यार्थी पनि घाइते छन् । दोषीलाई पक्राउ गर्ने कार्य अझैसम्म नभएको उल्लेख गर्दै काँग्रेसले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका