जोडिनुहोस
  • होमपेज
  • चितवनको रामपुर कृषि क्याम्पसमा अखिल क्रान्तिकारीको आक्रमणबाट नेविसंघका चार विद्यार्थी घाइते

चितवनको रामपुर कृषि क्याम्पसमा अखिल क्रान्तिकारीको आक्रमणबाट नेविसंघका चार विद्यार्थी घाइते

चितवन,जेठ ४-

चितवनस्थित रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच शुक्रबार दोहोरो झडप हुँदा चार जना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अखिल क्रान्तिकारीका विद्यार्थीको आक्रमणबाट नेपाल विद्यार्थी संघका दिपेश बानियाँ र खेमराज उपाध्याय गम्भीर घाइते भएका छन् । दुवै जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दुई जना घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

चितवनमा विद्यार्थी नेतामाथि सांघातिक हमला भएको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले माग गरेका छन् । अध्यक्ष ढुंगानाले विज्ञप्ति जारी गर्दै विद्यार्थी नेतामाथि सांघातिक हमला गर्नेलाई प्रहरी प्रशासनले अहिलेसम्म पक्राउ नगरेको भन्दै आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन माग गरेका हुन् ।

विश्व विद्यालयलाई वैचारिक राजनीतिक गर्ने थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास कुनै पनि पक्षबाट हुन नहुने भन्दै उनले डर र त्रासको वातावरण सिर्जना गरी राजनीतिक आधार गर्ने सपना नदेख्न चेतावनी समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका