जोडिनुहोस
  • होमपेज
  • आई लभ यु केपी बा भन्नेहरू र हाम्रो राजा प्राणभन्दा प्यारो छ भन्नेहरू उस्तै हुनः सुरेन्द्र पाण्डे

आई लभ यु केपी बा भन्नेहरू र हाम्रो राजा प्राणभन्दा प्यारो छ भन्नेहरू उस्तै हुनः सुरेन्द्र पाण्डे

चितवन,बैशाख ३-

नेकपा एमालेका निलम्बित नेता सुरेन्द्र पाण्डेले आई लभ यु केपी बा भन्नेहरू हिजो ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्नेहरू जस्तै भएको टिप्पणी गरेका छन् । एमालेको माधवकुमार नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले अवसर खोज्दै हिँड्नेहरू अहिले केपी ओलीको पछि लागेको र केही समयपछि उनीहरूले छाडेर जाने निश्चित भएको बताए ।

पाण्डेले त्यस्तो अवस्था एक वर्षभित्रमै आउने पनि दाबी गरे । ‘आजभोलि आई लभ यु केपी बा भनेको सुनिन्छ । हिजो राजालाई राजाका मन्छे के भन्थे, हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा लगाउँथ्ये । तर, अहिले तपाईंले कहीँ देख्नु भएको छ हाम्रो राजा हाम्रो देश भनेर प्राणभन्दा प्यारो छ भनेर सडकमा प्राण दिन तयार हुने कोही देख्नुभएको छ ? यी आई लभ केपी बा भन्ने पनि ओलीजी बाहिरिने बित्तिकै सबै पहिल्यै टाप कस्छन्,’ उनले भने ।

पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ संकल्पका साथ काम गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । उनले पार्टीलाई बलियो बनाउँदै वामपन्थीबीच एकता गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका