जोडिनुहोस
  • होमपेज
  • सांसद पोखरेलको निर्वाचन क्षेत्रका योजनामा थप पाँच करोड बढि बजेट स्वीकृत

सांसद पोखरेलको निर्वाचन क्षेत्रका योजनामा थप पाँच करोड बढि बजेट स्वीकृत

चितवन,बैशाख ३-

चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्रमा थप पांच करोड बढिको योजना स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय मार्फत सो योजना स्वीकृत भएको हो ।

शहरी विकास मन्त्रालय मार्फत सघन सहरी विकास कार्यक्रम अन्तर्गत २ करोड २५ लाखको बजेट स्वीकृत भएको छ । भरतपुर महानगरपालिका वडा नं. ५ र ६ को सीमा बाटो र वडा नं.१० रमाइलो चोकदेखि ज्ञानदर्शन स्कुल सम्मको ढल र बाटो स्तरोन्नतीका लागि थप १ करोड बजेट विनियोजन भएको छ । यस्तै भरतपुर १० को चित्रसेन मार्ग भित्र ढु¨ाना चोकदेखि सप्तगण्डकी क्याम्पसको बाटो तथा नाला स्तरोन्नतीका लागि थप ७५ लाख बजेट विनियोजन भएको छ । भरतपुर वडा नं. ११ मुक्तिनगर देवी प्रसाद मार्ग ढल निर्माण र भरतपुर ५ धिताल चोकबाट साइबाबा मन्दिर सम्मको बाटो स्तरोन्नतिका लागि थप २५/२५ लाख बजेट विनियोजन भएको सांसद कृष्णभक्त पोखरेलले बताए । उनले यसअघि विनियोजित रकम अपुग भएपछि थप रकम विनियोजन भएको जानकारी दिए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भरतपुरको बसेनी बजार लामाटोल पदमपुर शक्तिखोर सडक निर्माणका लागि ७५ लाख,जुगेडी तान्द्रा¨ चौकिडांडा सडक,जलविरे ढुंगे सडक र कालिका नगरपालिका रिंग रोडका लागि थप ७५/७५ लाख बजेट विनियोजन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका