जोडिनुहोस
  • होमपेज
  • कच्चापदार्थको मूल्य बढेपछि कुखुराको दानाको मूल्य आकाशियो

कच्चापदार्थको मूल्य बढेपछि कुखुराको दानाको मूल्य आकाशियो

चितवन,बैशाख ३-

कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा यसको दानाको मूल्य बढेको हो । गत फागुन २६ गते प्रतिकिलो दानाको मूल्य २ रुपैयाँका दरले बढाएको नेपाल दाना उद्योग संघले गत आइतवारदेखि प्रतिकिलो ३ रुपैयाँका दरले बढाएको छ । यसअघि फागुनमा बढाइएको मूल्यअनुसार बी जिरो दाना प्रतिकिलो ६५ रुपैयाँ थियो भने अहिले ६८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी बी वान दानाको मूल्य प्रतिकिलो ६४ रुपैयाँबाट बढेर ६७ रुपैयाँ र बी टु दानाको मूल्य प्रतिकिलो ६३ रुपैयाँबाट बढेर ६६ रुपैयाँ पुगेको संघले बताएको छ । नेपाली पोल्ट्री उद्योगको इतिहासमै दानाको मूल्य यति धेरै बढेको सरोकारवालाहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका