जोडिनुहोस
  • होमपेज
  • बीसहजारी टोलबासीद्धारा सामुहिक कागती खेती सुरु

बीसहजारी टोलबासीद्धारा सामुहिक कागती खेती सुरु

खुम प्रसाद पौडेल ‘किरण’

चितवन,बैशाख २-

भरतपुर महानगरपालिका ८ बरुवा स्थित बीसहजारी टोल हरिहर समूहले सामुहिक कागती खेती सुरु गरेका छन । ‘हराभर गाउँ संमृद्धिका लागि आफ्नो ठाउँ आफै बनाउन’ अभियान अन्तरर्गत टोलमा सामुहिक कागती खेती सुरु गरिएको हो ।

टोल विकास संस्थाको समन्वयमा करिब पाँच बिघा क्षेत्रफलमा कागती खेती सुरु गरेको अध्यक्ष विजयराज रेग्मीले जानकारी दिनुभयो । २ बर्ष भित्र वन र वन्यजन्तु संरक्षण संगै टोल विकासको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । टोलमा १ सय ३० घरधुरी छन ।

विहिबार आयोजित एक कार्यक्रम मार्फत ६ सय बढि सुन कागती जातका विरुवा रोपिएको छ । सो कागती एक सिजनमा प्रतिबोट ६ किलोका दरले फल लाग्छ । पहिलो बर्ष ६ सय विरुवा रोपिएकोमा आगामी बर्षहरुबाट यसलाई बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

सो अवसरमा भरतपुर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले टोलबासीको उत्साहा र मेहनतको सम्मान गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हरेक टोलबासी यसरी नै सामाजिक काममा सक्रिय बन्न सके परिवर्तन सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा पुर्व प्रमुख वन संरक्षण अधिकृत रामप्रित यादव, बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटा, वनदेवि बरण्डाभार समुहका अध्यक्ष लिलाबल्लभ भुसाल, तराई भुपरिधी कार्यक्रमका युवराज घताने लगायतले बृक्षारोपणमा सहभागी भइ शुभकामना दिनुभएको थियो ।

आयोजक संस्थाका सल्लाहाकार समिति सदस्य पुर्णराज घिमिरेले संचालन गर्नुभएको कार्यक्रम उपाध्यक्ष चन्द्रकला लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका