जोडिनुहोस
  • होमपेज
  • आइपिएलः बैंङलोरको लगातार दोस्रो जित

आइपिएलः बैंङलोरको लगातार दोस्रो जित

काठमाडौं, वैशाख २–

विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंङलोरले जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा डेविड वार्नरको सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै बैंङलोर लगातार दोस्रो जित हात पारेको हो । यसअघि बैंङलोरले मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गरेको थियो ।

बैंङलोरले दिएको १५० रनको मध्यम लक्ष्य पछ्याएको हैदराबाद ९ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो । एक समय बलियो अवस्थामा रहेको हैदराबाद ११५ रनमा ३ विकेट गुमाएपछि लगातार विकेट विकेट गुमाउन पुगेको थियो । उसका लागि कप्तान डेविड वार्नरले ५४, मनिष पाण्डेले ३८ रन बनाउनु बाहेक अन्य व्याट्सम्यान खुलेर खेल्न सकेनन् । तल्लो क्रमका व्याट्सम्यान राशिद खानले ९ बलमा १७ रन बनाए भने दुई जना व्याट्सम्यान शून्यमै आउट भए ।

हैदराबादको इनिङलाई ध्वस्त पार्न बैंङलोरका सहबाज अहमदले २ ओभरमा मात्र ७ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै हर्षल पटेल र मोहम्मद सिराजले समान २–२ विकेट लिए भने कायल ज्यामिसनले एक विकेट लिए ।

यसअघि चेन्नई क्रिकेट स्टेडियमा पहिले व्याटिङ गरेको बैंङलोर ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । उसका लागि अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । उनले ३ छक्का र ५ चौका प्रहार गरे । कप्तान विराट कोहलीले ३३ रन बनाए । उनले ४ चौका प्रहार गरे । दोस्रो खेलबाट पुनरागमन गरेका देवदत्त पड्किल ११ रनमा आउट भए । बैंङलोरका अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।

हैदराबादका जोसन होल्डरले ३, राशिद खानले २ विकेट लिए । लगातार २ जितका साथमा बैंङलोर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दिल्ली दोस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका