जोडिनुहोस
  • होमपेज
  • कृषि समूहद्वारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

कृषि समूहद्वारा रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

चितवन, वैशाख १-

व्यवसायिक बाख्रापालन कृषि समूहको लगानीमा रत्ननगरमा मासु पसल सञ्चालनमा आएको छ ।

सौराहा चोकबाट सौराहा जाने बाटो तर्फ करिब २०० मिटर भित्र व्यवस्थितरुपमा सञ्चालनमा ल्याइएको सो मासु पसलको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आज उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमका वनले सवै कृषकहरु एकीकृत भएर अगाडि बढ्नुपर्ने बताएका थिए । उनले कृषकलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको विचार राखे । साथै मासु पसल सञ्चालकहरुलाई समूह र सहकारीको मर्म अनुसार सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।


उपभोक्तालाई स्वास्थ्यप्रद मासु उपलब्ध गराउन तथा रत्ननगरमा बढ्दै गएको मासुको मागलाई मध्यनजर गरी सुविधा सम्पन्न मासु पसल सञ्चालनमा ल्याइएको समूहका अध्यक्ष रोहिणी बजगाईले जानकारी दिए । बजगाईका अनुसार आफ्नै फर्ममा उत्पादन भएका खसी बोका भएको कारण बजार मूल्य भन्दा केही सस्तो र स्वास्थ्यप्रद मासु उपलब्ध हुने बताएका छन् । करिब १० लाखको लागानीमा सञ्चालनमा ल्याइएको सो मासु पसलबाट खसी, कुखुरा, हाँसको मासु उपलब्ध गराइने उनले जानकारी दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका पशु शाखा अधिकृत शालिकराम पौडेल, वागमती प्रदेश उधोग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेलगायतले सो कार्यक्रममा बोलेका थिए । कार्यक्रम समूहका अध्यक्ष बजगाईको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका