जोडिनुहोस
  • होमपेज
  • आइपीएलः राजस्थान रोयल्सविरुद्ध पञ्जाव किंग्सको ४ रनको रोमाञ्चक जित

आइपीएलः राजस्थान रोयल्सविरुद्ध पञ्जाव किंग्सको ४ रनको रोमाञ्चक जित

काठमाडौं, चैत ३१–

जारी आइपीएल क्रिकेटमा पञ्जाव किंग्सले रोमाञ्चक जित हात पारेको छ । सोमबार राति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनको झिनो अन्तरले हराउँदै पञ्जावले रोमाञ्चक जित दर्ता गरेको हो ।

पञ्जावले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थान ७ विकेटको क्षतिमा २१७ रन मात्रै जोड्न सक्यो । उसका लागि कप्तान सन्जु स्यामसन ११९ रनको शतकिय पारी खेले । ६३ बल खेलेको सन्जुले १२ चौका र ७ छक्का प्रहार गरे । उनले आक्रमक पारी खेले पनि टिमलाई भने जिताउन सकेनन् । ओपनर बेन स्टोक्स शून्यमा आउट भए भने जस बटलर र रियान परागले समान २५, शिवम दुवेले २३, मनन बोहराले १२, राहुल तेवाटिया र क्रिस मोरिसले समान २ रन मात्रै बनाउन सके ।

पञ्जावका लागि अर्सदिप सिंहले ३, मोहम्मद सामीले २ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको पञ्जाव कप्तान केएल राहुलको ९१ रनको उत्कृष्ट पारीसंगै ६ विकेटको क्षतिमा २२१ रन जोडेको थियो । कप्तान राहुलले ५० बलमा ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै दिपक होडाले आक्रमक पारी खेल्दै २८ बलमा ६४ रन बनाए । उनले ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै क्रिस गेलले २८ बलमा ४० रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । राजस्थानका लागि चेतन सकरियाले ३, क्रिस मोरिसले २ र रियान परागले एक विकेट लिए । जितसंगै पञ्जाव तेस्रो स्थानमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका