जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

काठमाडौं,चैत ३१-

पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार आठ महिनाको अवधिमा छ खर्व ४२ अर्व भन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ ।

अघिल्लो आ.वमा पाँच खर्व ९१ अर्व रेमिटयान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७४.८ प्रतिशत गिरावट देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका