जोडिनुहोस
  • होमपेज
  • खैरहनीमा कुष्ठरोग निवारण बारे अभिमुखीकरण

खैरहनीमा कुष्ठरोग निवारण बारे अभिमुखीकरण

चितवन, चैत ३०–

खैरहनी नगरपालिकाले आज (सोमबार) कुष्ठरोग सम्पर्क परीक्षण र अग्रिम बचावटी उपचार सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नगरभित्र रहेका कुष्ठरोगी र उनिहरुको सम्पर्कमा रहेका व्यक्तीलाई औषधि खुवाई रोग निवारण गर्ने उद्देश्यका साथ स्वास्थ्य संस्था व्यवस्थापन समिती पदाधिकारी, स्वास्थ्यकर्मी र विद्यालयका प्रधानाध्यापकबीच कार्यक्रम गरिएको हो ।

खैरहनी नगरपालिकाभित्र विगत १० वर्षको तथ्यांक हेर्दा करिव दुई सय १० जना कुष्ठरोगी छन् । रोगी र उनिहरुको सम्पर्कमा रहेकाहरूलाई यसै चालू आर्थिक वर्षभित्र औषधि खुवाउने तयारी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताउनुभयो । कार्यक्रम जनस्वास्थ्य अधिकृत अधिकारीले खैरहनीमा कुष्ठरोगीको अवस्था र निवारणका लागि संचालन गर्न लागेको औषधि खुवाउने अभियानका बारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

नयाँ संक्रमण हुन नदिने, कुष्ठरोगकै कारण हुने भेदभाव शून्य पार्ने गरि अभियान संचालन हुने अधिकारीले बताउनुभयो । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले कुष्ठरोगको कारण हुने भेदभाव अन्त्य गर्न जनप्रतिनिधि लगायत सरोकारवाला जिम्मेवार बन्नु पर्ने बताउनुभयो । कुष्ठरोग सम्पर्क परीक्षण र अग्रिम बचावटी उपचार सम्बन्धमा यसअघि नगरस्तरिय कार्यक्रम गरिएकोमा भोलि (मंगलबार) यहाँका महिला स्वास्थ्य स्वयमसेविकाहरु संग अभिमुखिकरण कार्यक्रम गर्न लागिएको नगरपालिकाकी नर्सिङ अधिकृत पूजा गिरीले बताउनुभयो ।

कुष्ठरोग निवारण गर्ने लक्ष्यका साथ सो संख्याका बिरामी, बिरामीका परिवार र सम्बन्धित परिवारका नजिकका छिमेकीहरुलाई औषधि खुवाइने छ । त्यस्तै कुष्ठरोगको शंका लागेमा परीक्षण पनि गरिने छ । कुष्ठरोगलाई कम सर्ने छालाको सरुवा रोग मानिन्छ । एक डोज औषधि खुवाए ९९ प्रतिशत रोग निको हुने र अरुलाई सार्न सक्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका