जोडिनुहोस
  • होमपेज
  • चितवनको राप्तीमा ट्याक्टर दुर्घटना, दुई दर्जन बढी घाइते, केहीको अवस्था गम्भिर

चितवनको राप्तीमा ट्याक्टर दुर्घटना, दुई दर्जन बढी घाइते, केहीको अवस्था गम्भिर

चितवन, चैत २९–

चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना भएको छ ।

ना १ च ६२८२ नम्बर ट्याक्टर दुर्घटना हुँदा २२ जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर ल्याईएको छ । घाइते मध्ये १० जनालाई पुरानो मेडिक कलेज र ६ जनाको भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

अन्य घाइतेलाई ल्याउने क्रममा रहेको उनले बताए । घाइते मध्ये केहीको अवस्था गम्भिर छ । राप्ती नगरपालिका–११ मा घर ढलान गरेर फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका