जोडिनुहोस
  • होमपेज
  • आमाहरुको भूमिका विषयक अन्र्तक्रिया

आमाहरुको भूमिका विषयक अन्र्तक्रिया

चितवन, चैत २९–

रत्ननगर नगरपालिका वडा नं. १३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माण गर्न आइतबार आमा तथा महिला समूहसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर उद्योग बाणिज्य संघले यहाँका आमा समूहसंग अन्तरक्रिया गरेको हो । वडा सदस्य संगीता क्षेत्री भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख दिपा घिमिरेले बाल अधिकार तथा बालमैत्री वडा घोषणाका लागि पुरा गर्नुपर्ने प्रक्रियाहरुबारे सहजिकरण गर्नुभएको थियो । सो अवसरमा संघका उपाध्यक्ष रघुनाथ भट्टले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।

वडा सदस्य संगीता क्षेत्री भण्डारीले वडालाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्नका लागि आफू र आफ्नो सम्पूर्ण वडाबासीहरु प्रतिवद्ध रहेको र वडा घोषणाका लागि आमाहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरु, आमा तथा महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यसअघि रत्ननगर–८ का महिला तथा महिला समूहसंग त्यस वडालाई बालमैत्री बनाउनबारे अन्तरक्रिया गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका