जोडिनुहोस

कहाँ छ दलितको साझा घर ?

अंगराज परियार

चितवन, चैत २९  –

मान्छे भएर जन्मेपछि स्वतन्त्र ढंगले बाच्न र राज्यद्वारा दिएको अधिकारहरुको समान उपभोग गर्न पाउनु सबै मानवको नैसर्गिक अधिकार हो । तर, नेपाली समाजमा भने दलित भएरै जन्मेकै आधारमा आफ्नै अधिकार समेत बञ्चित हुनुपरेको छ ।

बाहुनवादको जालमा फसेर पनि दलितको राजनीतिक आर्थिक अवस्था सामाजिक कार्यमा न्यून अवस्थामा रहेका छन् । नेकपा विभाजन त दलितहरुको लागि पो रहेछ १)– पहिलो जगत विक २) दोस्रो तिलक परियार पनि हटाइयो के हामीले परिकल्पना गरेको राज्य ब्यवस्था बलिदान र कम्युनिस्ट पार्टी अभिजात वर्गलाई फेरि अभिजात नै बनाउनुपर्ने होर ? समावेशी र व्यवस्थालाई चुनौती दिएको भन्ने बुझिन्छ । यसै कुरामा पार्टी गत हिसाबले हेर्ने हो भने तिलक परियार मन्त्री बनाउनु पर्ने ठाउँमा प्रदेश प्रमुख भए अन्तिममा आएर बाहुनको जालमा परेर त्यही प्रमुख पद पनि हटाइ दिएर बज्रपातमा परे।

नेपाली समाजमा एउटा कुकुर म¥यो भने त्यसलाई फ्याक्ने मानिसको अभाव हुँदैन तर कोही दलित मर्दा उसका जातका बाहेक अरु मान्छे आउँदैनन् किन ? अनि राजनीतिक सामाजिक आर्थिक सांस्कृतिक कार्यमा कसरी सपोर्ट गर्छन् । नेपाली समाजमा मात्रै नभएर युगौदेखि संसारमा देखा परेको सबै समस्यामध्ये जातीय विभेद उत्पीडन सबैभन्दा मानवीय तत्वलाई हिनाग्रस्त बनाउने समस्या छ । यो देख्दा सामान्य समस्या जस्तो लाग्ने गर्छ तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो । आहुतीले भने झै दलितहरु वर्षौदेखि भोग्न विवस छुवाछुतको समस्या पीडादायक छ । एउटै समाजमा मानव भयर बाच्ने हैसियत सम्म पाएका छैनन् ।

दलित को हुन् ?

नेपाली समाजमा जातीय विभेद र छुवाछूत भोग्दै आएका दलित समुदाय को हुन् ? कुन धर्म मान्ने मान्छे हुन् ? कि नास्तिक हुन् ? कुन कुन जातिमा पर्छन् ? पहाड मधेसमा उपत्यकामा कहाँ कहाँ छन् यी सबै प्रश्नले दिमागमा धक्का दिएर उतारचढाव भइरहेको हुन सक्छ ।

किन स्वतन्त्र भएर बाच्न सक्दैनन् ?

परनिर्भरले पनि मानिसलाई लोभ्याउने र बानी बिगार्ने काम गर्छ । बालिघरे र खलोमुठो को मायाले आफ्नो खेतबारीको कामलाई ध्यानै नदिकन छेत्री बाहुनको कामै ब्यस्त भयर नि दलितहरु स्वतन्त्र भयर बाच्न सक्दैनन् । मुख्य कुरा त आर्थिक समस्या र अरु विविध समस्याले निकै प्रभावित पारेको छ । गत वर्ष २०७० सालको चुनावमा हुम्लाका नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले भनेको कुरो मेरो सम्झनामा ताजा नै छ । मिस्सीको भरले कलब्रेक खेल्नु र डुम दमैको भरले राजनीति गर्नु उस्तै उस्तै लाग्छ भनेका थिए । बुझ्ने मान्छेलाई निकै प्रभाव पा¥यो, नबुझ्ने दलितलाई मासु भातको सपना मात्र थियो । कोही मान्छे शाहीले कडा दिए भनेर गद्गद् हासे । यतिसम्म मूल्यांकन र मूल्यवान हुँदैन भने दलितले आफ्नो बाटो र सही चुनेका जनप्रतिनिधिलाई किन चिन्दैनन् ।

बेसरी आफ्नो दास बनाउने पशु वस्तु स्याहार्ने मल निकाल्ने खेतबारीको काम गर्ने, काम चाहीँ साझेदार गर्ने खान भने मिलाएर नखाने । के काम गरिस्, के छ तेरो भनेर झपार्ने फेरि काम परेपछि अन्तिममा आएर हाम्रो काम अलिकति छ मिलेर गरौन भन्ने निकै मीठो बोलीबाट मक्ख बनाउने यो पनि बडो स्वार्थको कुरा हो । सती प्रथा चै हट्ने जातीय मुक्ति चै नहट्ने के होला ?

आखिर को हुन दलित ?

आजको भारतमा करिब ३५ वर्ष अघि वर्ण व्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । हिन्दूको मुल ग्रन्थ मध्ये सबैभन्दा पुरानो वेद ऋग्वेद हो भन्छन् । यस कुराको अनुवाद र व्याख्यामा हिन्दूहरु बिचनै एकरुपता छैन ।

डा. भिमराब अम्डेकरले सुद्रको उत्पतिका दुई कारण बताएका छन् । राजा र व्राम्हबीचमा मतभेद र कलहको परिणामले र व्राम्ह र बौद्धको आपसी संघर्षबाट ऋग्वेदमा अनार्यहरु आर्यद्वारा विभाजित भयपछि शुद्ध भएको देखिन्छ ।

मुलुकी ऐनको प्रसंग

यो छोइछिटो को कुरा गर्ने बित्तिकै लोकप्रिय गायक राजु परियारको ‘सुन पानीले छर्क मायालु’ भन्ने गितको याद आउँछ । नेपालको शासन प्रद्धति हिन्दू धर्म अनुसार चल्दै आएकोमा विसं १९१० मा मुलुकी ऐन बनाएर तागाधारी, मतवाली ( मान्सिया र नमान्सिया ) पानी छोइछिटो हाल्नुपर्ने विभाजन गरियो । जसमध्ये पानी अचल हाल्नु पर्ने भनी छुट्याइएका जातहरु बादी, गाइन्या, दमाई, हुर्क्या, चुनार, चुनारा, कामी सार्की लगायत थिए । १९१० मुलुकी ऐनमा जातिलाई राज्यमा सम्पती कमाउन रोक अर्थात् उनीहरुको श्रम बालिघरे बनाइयो । दोस्रो राज्यको निकायमा सेवा रोजगार प्रतिनिधित्व गरेर पनि सेनामा कामीले हाततियार बनाउन पाउने तर हतियार चलाउन नपाउने । सदियौंदेखि हेपियर बाच्नु परेको हामी दलितको साझा सवाल कहाँ छ ।

जात बारे प्रश्न गर्छन् धेरै मान्छेहरुले नाम सोधपुछ गर्दा नाम पछिको थर केहो भनेर प्रश्न गर्छन् ? उत्तर भनेपछि म दलित हुँ, भनेपछि तिमी त दलित जस्तो छैनौ । विश्वास लागेन पत्याएन भन्न्छन् । के दलित को सिङ पुच्छर आएको हुन्छ होला र ? यही जातीय विभेदले गर्दा रुकुममा नवराज विकसहित छ जनाको हत्या भयो । यस्तै कालिकोटमा होटेल भित्र चुलोमा चुरोट सल्काउने बहानामा मनवीर सुनारको र धारामा पानी छोएको निहुमा मना सार्कीको पनि हत्या भयो ।

दैलेखका सन्तोश दमाइको बुवा सेते दमाइको पनि अन्तरतजातीय बिहेको कारणले उनको पनि हत्या भयो खोइ कहाँ छ न्याय । यसबारे आवाज त उठ्छ तर काम किन हुँदैन क्षेत्री बाहुनको घटना घट्दा तु काम गरिहाल्ने तर दलित आवाज जता पनि बिहिन भैदिन्छ । कहाँ छ चार जात छत्तिस वर्णको साझा घर । राज्यको नसर्गिक अधिकार सबैले पाउनु पर्छ भन्ने संविधानको कागजमा मात्र पेस कि व्यबहारमा हो यो बारे आन्दोलन गर्न जरुरी नै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका