जोडिनुहोस
  • होमपेज
  • चेन्नाईविरुद्ध दिल्ली क्यापिटल्सको शानदार जित

चेन्नाईविरुद्ध दिल्ली क्यापिटल्सको शानदार जित

काठमाडौं, चैत २९–

जारी इण्डियन प्रिमियर लिग (आइपीएल)मा साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सविरुद्ध शानदार जित हात पारेको छ । शनिबार राति मुम्बईमा भएको खेलमा दिल्लीले चेन्नाइलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
चेन्नाईले दिएको १८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेटको क्षतिमा १९० रन जोड्दै जित हात पारेको हो । दिल्लीको जितमा ओपनर शिखर धवनले ८५, पृथ्वी शा ले ७२, कप्तान ऋषभ पन्त नटआउट १५ र मार्कस स्टोनिसले १४ रन बनाए । दिल्लीलाई सहज जित दिलाउन ओपनरद्धय शिखर र पृथ्वीले १३८ रनको साझेदारी गरे । शिखरले ५४ बलमा १० चौका र २ छक्का प्रहार गरे भने पृथ्वीले ३८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
चेन्नाईका लागि शार्दुल ठाकुरले २ र ब्राभोले एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । उसका लागि सुरेश रैनाले ५४ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले ३६, रविन्द्र जडेजाले २६, अम्बाती रायडुले २३ रन बनाए । चेन्नाईलाई सम्मानजनक अवस्थामा पुर्‍याउन साम करनले १५ बलमा ३४ रनको आक्रामक पारी खेले । उनले ४ चौका र २ छक्का प्रहार गरे । दिल्लीका लागि क्रिस वोक्स, अभेष खानले समान २–२ विकेट लिए भने रविचन्द्र आश्विन र टम करनले समान एक–एक विकेट लिए । जितसंगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका