जोडिनुहोस
  • होमपेज
  • भोलि देखि भारतको मध्यप्रदेशमा तिन दिनको लागि लकडाउन

भोलि देखि भारतको मध्यप्रदेशमा  तिन दिनको लागि लकडाउन

एजेन्सी,चैत २६ –

भारतको मध्यप्रदेशमा लकडाउन गरिने भएको छ। मध्यप्रदेश सरकारले शुक्रवार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म राज्यका सबै सहरी क्षेत्रमा पूर्णरुप लकडाउन गरिने घोषणा गरेको छ। प्रदेश सरकारका अनुसार लकडाउन गर्नुमा कोरोनाको बढ्दो घटनालाई ध्यानमा राखी लिइएको बीबीसीले जनाएको छ। मध्यप्रदेश मुख्यमन्त्री शिवराजसिंह चौहानले सबै ठूला शहरहरूमा कन्टेन्टमेन्टक्षेत्र पनि निर्माण भइरहेको बताएका छन्।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । केही समययता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न राज्यमा लकडाउन र रात्रिकालीन कर्फ्यू गरिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ । त्यसैगरी, २४ घण्टामा भारतमा ६ सय ८४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ जना पुगेको छ । यस्तै भारतमा १ करोड १८ लाख ४८ हजार संक्रमणमुक्त भएका छन् । भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका