जोडिनुहोस
  • होमपेज
  • चितवनका उद्योगी भन्छन्: अगामी बजेटले कोरोनाको संकटलाई सम्बोधन गर्नुपर्छ

चितवनका उद्योगी भन्छन्: अगामी बजेटले कोरोनाको संकटलाई सम्बोधन गर्नुपर्छ

चितवन, चैत २५-

उद्योग वाणिज्य संघ–चितवनले आज आर्थिक वर्ष २०७८\२०७९ को पूर्व बजेटसम्बन्धी छलफल गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रतिनिधि र संघका पदाधिकारीबीच छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष  चुननारायण श्रेष्ठले कोभिड १९ को महामारीले मानवीय साथै आर्थिक संकट उत्पन्न भएको विषम परिस्थिति अझै पनि यथावत रहेकोले आगामी बजेट हालको परिस्थितिलाई सम्बोधन गर्ने खालको हुनुपर्ने बताए । कार्यक्रममा उनले बजेटले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्दै आर्थिक समृद्धिका लागि ठोस योजना ल्याउनुपर्ने विचार राखे । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएको श्रमशक्ति फर्किनेक्रम सँगै त्यसको असर आन्तरिक श्रमबजारमा पर्ने देखिएकोले यसले रोजगार सिर्जना र स्रोत परिचालनमा असर पर्ने बताए ।

सोही कार्यक्रममा मन्तव्य राख्दै संघका द्वितीय उपाध्यक्ष चिरञ्जििवी सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् परिदृश्यलाई ध्यानमा राखी आगामी बजेट तर्जुमा हुनुपर्नेमा जोड दिए । मन्तब्यकै क्रममा संघका उपाध्यक्ष भोजराज कौडालले कोभिडका कारण क्षतविक्षत भएको पर्यटन, उड्डयन तथा यातायात क्षेत्र, औद्योगिक क्षेत्रको सुधारका साथसाथै पूर्वाधार निर्माण र उत्पादन एवम् रोजगारमूलक उद्योग स्थापनालाई आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताए ।

छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक आलोक ज्योति शाक्यले नेपाल राष्ट्र बैंकले आगामी बजेटमा स्थानीय आर्थिक गतिविधि, बजेटका नीतिगत सुधार, आर्थिक विकासका प्रमुख सम्भावना र चुनौती साथसाथै उद्यमी व्यवसायीका आवश्यकतालाई संकलन गरि समेट्ने योजना रहेको बताए । कार्यक्रमा उनले संघबाट प्राप्त भएका राय सुझावलाई सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरे । उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले केही दिनभित्रमै संघमा आवद्ध वस्तुगत संघ , कर्पोरेट सदस्यलगायतको भेला आयोजना गरी यस क्षेत्रको विकासका लागि आगामी बजेटमा समेटिने विषयवस्तु तथा सुझाव संकलन गरी नेपाल राष्ट्र बैँक र अर्थ मन्त्रालयमा पठाइने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित प्रस्तावहरु नेपाल राष्ट्र बैंकका उपनिर्देशक आलोक ज्योति श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका