
अन्तर्राष्ट्रिय
भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार भन्दा बढी नयाँ संक्रमित थपिए,६३० जनाको मृत्यु
0 टिप्पणी



एजेन्सी,चैत २५ –
भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्।
अहिले भारतमा नयाँ संक्रमित थपिएका सहित ८ लाख ४३ हजार ४७३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टाभित्र ६३० जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ १ लाख ६६ हजार १७७ जना संक्रमित मृत्यु भइसकेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड २८ लाखभन्दा धेरै कोरोना संक्रमणका मामिला थाहा लागेको छ। हालसम्म ८ करोड ७० लाख नागरिकलाई कोरोना भ्याक्सिन दिइएको बताइएको छ।