जोडिनुहोस
  • होमपेज
  • च्याम्पियन्स लिग :रियल मड्रिडले लिभरपुललाई ३–१ ले पराजित

च्याम्पियन्स लिग :रियल मड्रिडले लिभरपुललाई ३–१ ले पराजित

एजेन्सी,चैत २५-
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ ।
क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

रियल मड्रिडका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए ।

पहिलो लगेमा फराकिलो अन्तरले पराजित भएसँगै लिभरपुललाई सेमिफाइनल पुग्न कठिनाइ भएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४-१ ले पराजित गरेमा अर्को चरण पुग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका