



चितवन, चैत २३
नेपाल इलोक्ट्रोनिक्स टेक्निसियन एशोसियशन (नेटा) सम्पर्क समिति चितवन–नवलपुरको छलफल तथा भेटघाट कार्यक्रम चितवनमा सम्पन्न भएको छ । बुधबार उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा चितवन–नवलपुरका ११५ जनालाई नेटाको सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ ।
भेलामा नेटाका महासचिव उमेश खनालले सदस्यहरुलाई परिचय पत्र र प्रमाण पत्र प्रदान गरेका थिए । इलोक्ट्रोनिक्स टेक्निसियनहरुलाई बेलाबेलामा तालिम दिन र कार्यक्षेत्र विस्तार गर्नका लागि नेटाले महत्वपूर्ण भूमिका खेल्ने खनालले बताए । ‘टिभीमात्र बनाउने नभइ सबै प्रकारका डिजिटल वस्तु जसमा इलोक्ट्रोनिक्स पार्ट हुन्छन्, ती सबै मेशिनहरु बनाउन तालिम दिइन्छ’ उनले भने ।
बायोमेकानिकल, एटिएम मेशिन, इलेक्ट्रिकल गाडी, लिफ्ट बनाउन तथा मर्मतका लागि नेटाले तालिम प्रदान गर्ने उनको भनाइ थियो ।
सबै इलोक्ट्रोनिक्स टेक्निसियनहरुलाई नेटामा आवद्ध हुन आग्रह गर्दै उनले संगठनमा बाँधिएर काम गर्नुपर्ने बताए । नेपाल इलोक्ट्रोनिक्स रिसर्च सेन्टर प्रालिका प्रवन्ध निर्देशक सिरिश पौडेलले रिसर्च सेन्टर नेटा अन्तर्गत नै रहेको बताए ।



अति नै राम्रो काम
Narayanionline र डायमण्ड भाइप्रती आभारी छौं हामी technician हरुको कार्यक्रममा उपस्थित भई समाचार प्रकाशित गरिदिनु भएकोमा