



चितवन,चैत २२ –
साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतवार छापावाल सुन ८७ हजार ४ सय रुपैयाँ प्रति तोलामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (शुक्रवार) पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रति तोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।