जोडिनुहोस
  • होमपेज
  • पत्रकार महासंघको निर्वाचनः आज देशैभर जिल्ला समितिको उम्मेद्वारी दर्ता

पत्रकार महासंघको निर्वाचनः आज देशैभर जिल्ला समितिको उम्मेद्वारी दर्ता

चितवन, चैत २२–

नेपाल पत्रकार महासंघको निर्वाचन अन्तरगत आज (आइतबार) देशभरका जिल्ला कार्यसमितिका लागि उम्मेद्वारी दर्ता हुँदैछ ।

उम्मेद्वार मनोनयनका लागि विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म समय तालिका रहेको महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए ।

उम्मेद्वारहरुको नामावली आजै साँझ ६ बजे प्रकाशन गरिने छ । उम्मेद्वार उपरको दावी विरोधको समय चैत २३ गते अपरान्ह १२ः३० बजेसम्मका लागि तोकिएको छ । यस्तै उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहे २३ गते दिउँसो २ बजेसम्मको समय तोकिएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली २३ गते अपरान्ह ४ बजे प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको एकैदिन चैत २५ गते निर्वाचन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका