जोडिनुहोस
  • होमपेज
  • चितवनको खैरहनीमा बाबुको किरिया गर्दै १७ वर्षिय छोरी

चितवनको खैरहनीमा बाबुको किरिया गर्दै १७ वर्षिय छोरी

ध्रुबराज खनाल,

चितवन,चैत २०-

चितवन खैरहनी नगरपालिका ११ का डिलवहादुर गुरुङ ७ वर्षको भारत वसाई पछि घर फर्किए । रोजगारीको सिलसिलाका लागि भारतमा रहेका उनि चैत ८ गते घर आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भए । निमोनिया रहेका उनको चैत १० गते राती उपचारका क्रममा निधन भयो । डिलवहादुरका छोराहरु छैनन् । दुई श्रीमतीबाट जन्मिएका तीन छोरी छन् । जेठी श्रीमतीकी जेठी छोरीको विहे भईसकेको छ । कान्छी १७ वर्षकी छिन् । कान्छी श्रीमतीबाट जन्मिएकी छोरी ७ वर्षकी छिन् । छोरा नभएकै कारण डिलवहादुरको मृत्यु संस्कार उनकी १७ वर्षिया छोरी अनिशाले गरेकी छिन् ।

आफैले दागवत्ती दिएकी अनिशाले लामा परपम्परा अनुसार १३ दिनको काजकिरिया गरेकी छिन् । १३ दिनको कार्य उनले शनिवार आज पुरा गरेकी छिन् । एउटै कोखबाट जन्मिएका छोराछोरी समान हुन् अनिशाले भनिन् – काजकिरियामा पनि समानता ल्याउन पुरानो परम्परा तोड्न आवश्यक छ । कतिपय ठाउँमा छोरी किरिया वस्दा समाजले फरक दृष्टिकोणले हेर्ने गर्छ । तर आफ्नी नातिनी बुबाको किरिया वस्दा कुनै विरोध नभएको उल्टै समाजले राम्रो मानेको हजुरवुवा कृष्ण गुरुङले वताए । खैरहनी नगरपालिका कार्यपालिका सदस्य गोमादेवी भुजेलले पनि आफ्नी आमाको किरिया आफैले गरेको वताउँछिन् । त्यो वेला छोरीले किरिया गर्न हुन्न भनेका थिए भुजेलले भनिन् – एउटै कोखबाट जन्मिएका छोराछोरी समान हुन्, भेदभाव गर्न हुन्न भन्ने सन्देश दिन किरिया गरियो ।

मृत्यु पछि छोराले मात्र संस्कार गर्नु पर्छ भन्ने परम्परालाई तोड्नु पर्ने कार्यपालिका सदस्य भुजेलको भनाई छ । छोरा छोरी जन्माउँदा समान पीडा हुन्छ उनले भनिन् –काजकिरियामा पनि समानता ल्याउन जरुरी छ ,छेकबार हुनु हुदैन । यसअघि खैरहनी १० की महिला अधिकारकर्मी सुकमाया भुजलले पनि आफ्नी आमाको किरिया गरेर छोराले मात्रै संस्कार गर्नु पर्छ भन्ने मान्यातालाई तोडेकी थिईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका