जोडिनुहोस
  • होमपेज
  • देवघाट क्षेत्र विकास समितिको बोर्ड बैठक सम्पन्नः के–के भए निर्णय ?

देवघाट क्षेत्र विकास समितिको बोर्ड बैठक सम्पन्नः के–के भए निर्णय ?

चितवन, चैत २०–

देवघाट क्षेत्र विकास समितिको ५८ औं बोर्ड बैठक सम्पन्न भएको छ । समितिको सभाहलमा शुक्रबार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करिब ११ करोड १५ लाखको बजेट मन्त्रालयलाई पेस गर्ने निर्णय गरेको छ । देवघाट क्षेत्र विकास समितिका सदस्य सचिव धिरणबाबु घिमिरेका अनुसार बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमहरु अनुमोदन गरेको छ । साथै हालसम्मको प्रगति प्रतिवेदनको समिक्षा गर्दै बैठकले कारोनाले पारेको प्रभावका बारेमा छलफल गरेको उनले बताए ।

उनका अनुसार छलफलले समितिको स्वामित्वमा रहेको पार्किङ् क्षेत्रको भाडा ५ महिनाको छुट गर्ने र पार्क, व्यावसाय सञ्चालन गरेकाहरुलाई तीन महिना छुट दिने निर्णय गरेको छ । साथै बैठकले कार्यालय सहयोगीहरुको स्तर वृद्धि गर्नका लागि सदस्य सचिवलाई जिम्मेवारी दिएको छ ।

समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पुरातात्विक अधिकृत करुणा नकर्मी, चितवन, तनहुँ र नवलपुरका प्रमुख जिल्ला अधिकारीसहित तीनै जील्लाका विभिन्न स्थानीय तहका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका