जोडिनुहोस
  • होमपेज
  • माडी पाण्डवनगर विद्यालयको भवनमा नारायणगढ लायन्सले छायो छानो

माडी पाण्डवनगर विद्यालयको भवनमा नारायणगढ लायन्सले छायो छानो

चितवन, चैत २०–

नारायणगढ लायन्स क्लव र लायन्स क्लव अफ नारायणगढ नारायणीले माडी नगरपालिका–१, राष्ट्रिय आधारभूत विद्यालय, पाण्डवनगरको नवनिर्मित भवनमा ट्रस र छानो राख्न सहयोग गरेको छ ।

बजेट अभावमा निर्माण कार्य बीचमै रोकिएपछि नारायणगढ लायन्स क्लव र लायन्स क्लव अफ नारायणगढ नारायणीले ट्रस र छानो राखेर सहयोग गरेको हो । आज (शुक्रबार) एक कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट भर्गनर लायन प्रभात कुमार जोशीले ट्रस र छानो राख्ने सम्पन्न भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई भवन हस्तान्तरण गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि जोशीले विद्यालयमा खेलकुद सामग्री सहयोग गर्न पुग्दै गर्दा अधुरो भवन देखिएपछि नारायणगढ लायन्सले छानो निर्माणमा सहयोग गरेको बताए । उनले भवनलाई पूर्णता दिन क्लवले अझै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो क्रममा बोल्दै कार्यक्रमका संयोजक एवंम नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष शान्त कुमार पियाले भवनको बिजोग अवस्था देखेपछि सहयोग गरिएको बताए । एक महिना अघि पूर्व अध्यक्ष पिया लायन्स क्लव अफ नारायणगढ नारायणीकी पूर्व अध्यक्ष श्रीमती सबरी पियासहित सो स्थान पुगेका थिए । विद्यालयको भवन बिजोग अवस्था देखेपछि उनीहरुले छानो निर्माण गर्ने निर्णयमा पुगेका थिए ।

सो क्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर नेपालीले लायन्स क्लवले गरेको सहयोगले विद्यालयको नवनिर्मित भवन पढाउन योग्य बन्न पुगेकोमा खुशी व्यक्त गरे । उनले अझै पनि यस्तै सहयोगको अपेक्षा गरे ।

यस्तै सो क्रममा अपुरो रहेको भवनको प्लास्टर गर्नका लागि नारायणगढ लायन्स क्लवका संस्थापक एवंम अध्यक्ष प्रेम कुमार श्रेष्ठले ४० बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गरेका छन् ।

कार्यक्रम नारायणगढ लायन्स क्लवका अध्यक्ष केशव अधिकारी र लायन्स क्लव अफ नारायणगढ नारायणीका अध्यक्ष राममाया जोशी श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

सो विद्यालयमा हाल १०० जना विद्यार्थी छन् । जसमध्ये ९६ जना बोटे समुदायका हुन् । हाल कक्षा ५ सम्म अध्यापन हुने गरेको छ । वि.सं.२०४४ सालमा स्थापना भएको सो विद्यालयमा नगरपालिकाको सहयोगमा २०७६ सालमा दुई कोठे भवन निर्माण सुरु भएको थियो । जसका लागि १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर समयमै काम सम्पन्न नभएपछि बाँकी रकम फ्रिज भएपछि भवन अपुरो बनेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका