जोडिनुहोस
  • होमपेज
  • माडीमा नारायणगढ लायन्स क्लवको निःशुल्क आँखा शिविर

माडीमा नारायणगढ लायन्स क्लवको निःशुल्क आँखा शिविर

चितवन, चैत २०–

नारायणगढ लायन्स क्लव र लायन्स क्लव अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा माडी नगरपालिका–१, बनकट्टा (पाण्डबनगर)मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

स्थानीय राष्ट्रिय आधारभूत विद्यालय, पाण्डवनगर परिसरमा आज (शुक्रबार) आँखा शिविर संचालन गरिएको हो । शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीयबासीको आँखा परीक्षण गरिएको छ । भरतपुर आँखा अस्पतालको चिकित्सक टिमले आँखा परीक्षण गरेको हो । आँखाका समस्या भएकाहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ, चितवन र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा नेत्रसहायकहरु गोकुल दाहाल, प्रभात पासवान, राजकिशोर प्रसाद साह र राकेश साहको टोलीले आँखा परीक्षण गरेको थियो । परीक्षणका क्रममा केही विद्यार्थीहरुमा सामान्य समस्या देखिएको थियो भने केही स्थानीयहरुमा मोतियाविन्दुको समस्या देखिएको कार्यक्रम संयोजक नारायणगढ लायन्स क्लवका पूर्व अध्यक्ष शान्त कुमार पियाले जानकारी दिए । उनका अनुसार ७ जना स्थानीय वृद्धवृद्धाहरुलाई मोतियाविन्दुको शल्यक्रियाका लागि भरतपुर ल्याईएको छ । शिविरमा ३४७ जनाको आँखा परीक्षण गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिध अमित लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर, विद्यालयका प्रधानाध्यापक तुलबहादुर नेपालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नारायणगढ लायन्स क्लवका अध्यक्ष केशव अधिकारी र लायन्स क्लव अफ नारायणगढ नारायणीका अध्यक्ष राममाया जोशी श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका