जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रले तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता नलिने

माओवादी केन्द्रले तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं, चैत १९–

नेकपा (माओवादी केन्द्र)ले तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । समर्थन फिर्ताका लागि माओवादी केन्द्र अझै केही दिन केही दिन पर्खने भएको छ । समर्थन फिर्ता बारे निर्णय लिन शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बस्ने र सोही बैठकले निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

आज (बिहीबार) पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले अनौपचारिक रुपमा केपी ओली नेतृत्वको सरकारलाई समर्थन नभएको स्पष्ट पार्दै प्राविधिक रुपमा मात्र पत्र लेख्न बाँकी रहेको जनाएको छ । तत्कालिन नेकपा दुई धारमा विभाजित भएपछि सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु फिर्ता भएका थिए । तर सोही बेलादेखि ओली खेमामा लागेको गृहमन्त्री रामबहादुर थापा बादल, मन्त्रीहरु लेखराज भट्ट सरकार छोडेनन् ।

त्यसपश्चात प्रचण्डलाई साथ छोडेका टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरीलगायतले ओलीले मन्त्री पद दिएर आफ्नो पक्षमा उभ्याए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका