जोडिनुहोस
  • होमपेज
  • नेपालमा थप १६७ मा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

नेपालमा थप १६७ मा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

काठमाडौँ, चैत १७–

पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ । हाल ५३ सङ्क्रमित क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ३९० सक्रिय सङ्क्रमित छन् ।

तीनको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका