जोडिनुहोस
  • होमपेज
  • जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

जापानको चिबामा ५.८ म्याग्नीच्यूडको भूकम्प

टोकियो, १५ चैत-

जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५।८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९।२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।

गत साता पनि उत्तरपूर्वी जापानमा ७।२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका