जोडिनुहोस
  • होमपेज
  • चितवनमा बस र स्कुटर ठक्कर खाँदा बुवा,छोरी र भतिजीको मृत्यु

चितवनमा बस र स्कुटर ठक्कर खाँदा बुवा,छोरी र भतिजीको मृत्यु

चितवन,चैत १४-

पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार दुईको मृत्यु भएको हो ।

उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना आज भएको हो । उनीहरुको मृत्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।

2 प्रतिक्रिया on “चितवनमा बस र स्कुटर ठक्कर खाँदा बुवा,छोरी र भतिजीको मृत्यु

  1. बाटो बीस्तारको क्रममा खनीयको सडक दायाँ बायाँ दुबै तर्फ का खाडल अती जोखिमयुक्त छन जुन तत्काल पुरीनु पर्छ सरोकारवाला बीभाग नगरपालिका प्रशासन ठेकेदार सबैको ध्यान जाओस। मृत आत्माको चिर शान्तिको कामना।

  2. हे भगवान यस्तो नहोस् कसैलाई पनि सवारी साधन उपयोग गरी हिड्दा सवारी साधनलाई आफ्नो नियन्त्रणमा लिएर राखेर चलाउनु , हुन हार्दिक अनुरोध गर्दछु समस्त मानव निर्मित संरचना हरु सहि सदुपयोग गरे गन्तव्य मा पुगिन्छ, नत्र बिचैमा अलपत्र परिन्छ। सबैको भलो होस्। 🙏

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका