जोडिनुहोस
  • होमपेज
  • म्यानमारमा सैन्य कु विरूद्ध व्यापक प्रदर्शन, आजै ५० प्रदर्शनकारीको मृत्यु

म्यानमारमा सैन्य कु विरूद्ध व्यापक प्रदर्शन, आजै ५० प्रदर्शनकारीको मृत्यु

एजेन्सी,चैत १४-

म्यानमारमा शनिबार भएको प्रदर्शनमा ठूलो संख्यामा हताहती भएको छ । सैन्य सरकारले प्रदर्शनकारीमाथि कडा दमन गरिरहेको छ ।

शनिबार म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा सैन्य कुविरुद्ध हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यसैगरी म्यानमारको दोस्रो शहर मण्डालेमा पनि व्यापक प्रदर्शन भएको छ । । रोयटर्सका अनुसार शनिबारको प्रदर्शनमा सुरक्षा बलले गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

गत फेब्रुअरी १ मा म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन भइरहेको छ । सैन्य कु विरुद्धको प्रदर्शनमा हालसम्म ३५० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका