जोडिनुहोस
  • होमपेज
  • मिस्टर एण्ड मिस थारुको फाइनल आज खैरहनीमा

मिस्टर एण्ड मिस थारुको फाइनल आज खैरहनीमा

चितवन, चैत १३–

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल आज (शुक्रबार) चितवनको खैरहनीमा हुँदैछ । डिज्नी पार्क रिसोर्टमा हुने प्रतियोगिताको फाइनल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले आयोजना गरेको यस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।

विगतका वर्षहरुमा सभाहल भित्र फाइनल प्रतिस्पर्धा हुने भएपनि यसपटक पार्कको खुल्ला चौरमा आकर्षक स्टेज बनाएर गरिँदै छ ।
फाइनलमा प्रतियोगीहरुको तीन सिक्वेन्समा प्रतिभा प्रस्तुत गरिने छ भने कार्यक्रम अवधिमा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने वाईएसी इभेन्ट्सका इभेन्ट्स म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगीहरुलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको पहिरनमा समेत स्टेजमा उतारिने जह इन्टरटेनमेन्टका निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताको मुख्य निर्णायकमा मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, निर्णायकहरुमा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखी, कलाकार, निर्देशक तथा लेखक प्रदीप कुमार चौधरी, गायक अलमोडा राना उप्रेती, कस्टुम डिजाइनर सुजनररत्न परियार रहेका छन् ।

प्रतियोगिताको विजेता भोटिङ र निर्णायकहरुको निर्णयको आधारमा गरिने छ । सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’ समेत प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

प्रतियोगिताको फाइनलमा मिस्टर थारुतर्फ १५ जना र मिस थारुतर्फ १७ जना प्रतियोगीहरु रहेका छन् ।

यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका