जोडिनुहोस
  • होमपेज
  • थ्री नेसन कपः नेपाल र किर्गिस्तान बराबरीमा रोकियो

थ्री नेसन कपः नेपाल र किर्गिस्तान बराबरीमा रोकियो

काठमाडौं, चैत १३–

काठमाडौंमा जारी थ्री नेशन कप फुटबल प्रतियोगितामा नेपाल र किर्गिस्तानको (यू–२३) बीचको खेल बराबरीमा सकिएको छ ।

आज (बिहीबार) साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल र किर्गिस्तान गोलरहित बराबरीमा सकिएको हो । खेलमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो । आजको खेलमा जित हासिल गरेको भए नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गर्ने अवसर पाउथ्यो । खेल बराबरी भएपछि बंगलादेश भने नेपालसँग लिग चरणको खेल खेल्नुअघि नै फाइनलमा पुगेको छ । बंगलादेशले ३ अंक जोडेको छ भने नेपाल र किर्गिस्तानको समान १ अंक छ ।

अब लिग चरणमा नेपाल र बंगलादेशबीचको खेल बाँकी छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका