जोडिनुहोस
  • होमपेज
  • चितवनको दासढुंगामा यसरी ठोक्कियो ट्रक र कार, दुई जनाको मृत्यु (फोटोसहित)

चितवनको दासढुंगामा यसरी ठोक्कियो ट्रक र कार, दुई जनाको मृत्यु (फोटोसहित)
तस्विरः जिल्ला प्रहरी कार्यालय चितवन

चितवन, चैत ११–

चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा आज (बुधबार) अपरान्ह कार र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना गम्भिर घाइते भएका छन् ।

दिउँसो ४ः२५ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउदै गरेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी कारमा सवार तनहुँ स्याम्घा नगरपालिका–४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कार चालक लम्जुङ मध्यनेपाल नगरपालिका–७ बस्ने वर्ष ४२ का पदम सापकोटा, स्याङजा बिरुवा गाउँपालिका–३ बस्ने वर्ष ४२ का प्रसाद थापा र तनुहँ व्यास नगरपालिका–६ बस्ने वर्ष ४० का जसमान परियार घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका