जोडिनुहोस
  • होमपेज
  • हिमपहिरोमा परी दुईको मृत्यु

अन्तर्राष्ट्रिय

हिमपहिरोमा परी दुईको मृत्यु

  • रासस
  • मङ्लबार, चैत्र १०, २०७७
हिमपहिरोमा परी दुईको मृत्यु

फैजाबाद, अफगानिस्तान

चैत १०-
अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताउनु भएको छ ।

यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् ।

अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ ।रासस /सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका