जोडिनुहोस
  • होमपेज
  • म्याद गुज्रेका र फोहोर भान्छाको खाना खुवाउँदै होटल (भिडियोसहित)

म्याद गुज्रेका र फोहोर भान्छाको खाना खुवाउँदै होटल (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत ६-

चितवनको नाम चलेको अनि ठूला भनिएका मध्येका होटलमा पनि मापदण्ड पुरा नगरेको पाइएको छ । भरतपुरमा गरिएको अनुगमनमा होटल रोयल सेन्चुरी लगायतमा मापदण्ड पुरा नगरेको भेटिएको हो ।

अर्थात खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारी, सोही कार्यालयका खाद्य निरीक्षक प्रदिप काफ्ले, होटल व्यावसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, सोही संघका सचिव रामबहादुर गुरुङ्ग, सह कोषाध्यक्ष ऋषिकेस अर्याल, होटल व्यावसायी संघ चितवनका सचिवालय सदस्य तथा नारायणढ बजार इकाइका अध्यक्ष कृष्ण महत्तो लगायत उपभोक्ता मञ्चका अधिकारीसहित सञ्चारकर्मीहरु को टोलीले चितवनका विभिन्न होटलमा अनुगमन गरेको थियो ।

शुक्रबार यो टोली खाद्य स्वच्छताको आधारमा होटलहरुको स्तरिकरण तथा लोगो वितरण कार्यक्रममा सक्रिय थियो । भरतपुरको केन्द्रीय बसपार्कदेखि नारायणगढको पुलचोकसम्म रहेका होटलमध्ये १५ वटा होटलको स्तरीकरण गरिएको छ ।

रोयल सेञ्चुरीको होटलको फ्रिजमा ग्राहकलाई बेच्न राखिएका म्याद गुज्रेका चिसो पेय पदार्थ भेटिएको थियो । कुनै पेय पदार्थको म्याद एक महिना त कुनैको १० दिन म्याद नाघेको पाइएको खाद्य निरीक्षक प्रदिप काफ्लले पुष्टि गरे । त्यहाँ करिब २० वटा बोतलमा म्याद गुज्रेका चिसो पदार्थ कोक, फेन्टा र स्प्राइट भेटिएका थिए ।

खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले होटल रोयल सेञ्चुरीमा भेटिएका चिसो पेय पदार्थका बारेमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए । चिसो पेय पदार्थ म्याद गुज्रेका भेटिए पनि होटल रोयल सेञ्चुरीले खाद्य स्वच्छतामा दुई वटा तारा (डबल स्टार) सहित हरियो रंगको स्टिकर अर्थात उत्तममा परेको छ ।

भान्छा घरमा केही बाहिरी फोहोर र म्याद गुजे्रकाबाहेक अरु कुरामा कतै पनि नम्बर काट्ने ठाउँ नपाइएकाले होटल रोयल सेञ्चुरीले डबल स्टार पाउन सकेको अधिकारी बताउँछन् । ५० वटा बुँधाका आधारमा मूल्यांकन गरी स्वच्छता, गुणस्तरीयता, सरसफाइ, सुरक्षा, कागजपत्र, व्यवस्थापनलगायका पक्षलाई प्राथमिकता राखेर मापदण्ड बनाइएकाले अन्य कुरामा रोयल सेञ्चुरी अगाडि आउँदा डलब स्टार पाएको उनले बताए । ‘म्याद गुज्रेका र बाहिरी फोहोरको कुरामा नम्बर काटियो । यद्यपी यो होटलको किचनको स्ट्रक्चरलाई मापदण्डले पूर्ण भनेकाले अरु सबैमा नम्बर आयो र उत्तममा छनौट भयो’ उनले भने ।

किचन सरसफाइ राख्न सचेत गराइएको र म्याद गुज्रेका पेय पदार्थ बेचेको सम्बन्धि अनुसन्धान गर्ने प्रक्रिया थालिएको अधिकारीले बताए । केही समयपछि होटलमा पुनः छड्के अनुगमन गर्ने बताउँदै अधिकारीले फेरि उस्तै अवस्था पाइए लोगो जफत गरेर आवश्यक कारबाही गर्ने बताए । होटल रोयल सेञ्चुरीका इन्चार्ज देवेन्द्र अधिकारीले कोकाकोला कम्पनीको डिलरले नै होटलमा म्याद गुज्रेको पेय पदार्थ ल्याएर छाडेको बताए ।

यो पनि

खाद्य स्वच्छताका आधारमा चितवनका होटलहरुको स्तरीकरण, नाम चलेका होटलहरुकै गुणस्तरीयतामा कमी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका