जोडिनुहोस
alt
  • होमपेज
  • व्यक्तिगत मुद्दति खाताको ब्याजदर बृद्धि गर्ने घोषणा, अब कति ब्याजदर पाइन्छ ?

व्यक्तिगत मुद्दति खाताको ब्याजदर बृद्धि गर्ने घोषणा, अब कति ब्याजदर पाइन्छ ?

काठमाडौँ चैत ५-

नबिल बैंक लिमिटेडले मुद्दति खाताको ब्याजदर बृद्धि गर्ने घोषणा गरेको छ । बैंकले आफ्ना ग्राहकहरूप्रति उत्तरदायी बन्दै व्यक्तिगत मुद्दति खातामा आकर्षक ब्याजदरको योजना शुरु गर्ने भएको हो ।

बैंकका प्रमुख संस्थागत संचार विभागका कृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ  “नबिल बैंकले संगै अघि बढ्ने आफ्नो उद्देश्य अनुरुप, सम्भव भएसम्म धेरैलाई ढुक्क पार्ने प्रयास गर्दै समाज प्रती उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।”

बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७।५१ प्रशित प्रकाशित गरेको छ, जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ ।

यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको हो ।

सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका ११९ शाखा,  १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रूपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका