जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा भोलि दिउसो पाँच घण्टा विद्युत आपूर्ति बन्द हुने, कुन-कुन ठाउँमा अवरुद्ध हुँदैछ विद्युत ?

चितवनमा भोलि दिउसो पाँच घण्टा विद्युत आपूर्ति बन्द हुने, कुन-कुन ठाउँमा अवरुद्ध हुँदैछ विद्युत ?

चितवन,फागुन २८-

चितवनमा भोलि (शनिवार) दिउसो विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि भोलि विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सबस्टेशनमा १३२ केभि बसबार कण्डक्टर मर्मत, सिटिपिटि चेन्ज लगायतका अन्य आवश्यक मर्मत सम्हार गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाबाट जारी गरिएको सूचनामा उल्लेख छ ।

शनिवार भरतपुर सबस्टेशन, चनौलि सबस्टेसन र पर्सा सबस्टेसनबाट प्रसारित तथा वितरित सम्पूर्ण फिडहरु अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर वितरण केन्द्रको सम्पूर्ण क्षेत्र, चनौली वितरण केन्द्रको सम्पूर्ण क्षेत्र र टाँडी वितरण केन्द्र अन्तर्गत केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ । टाँडी र पर्साका केही भागमा भने लाइन नियमित हुनेछ ।

यस्तै भरतपुर वितरण केन्द्र अन्तर्गत मुग्लिन क्षेत्रमा लाइन नजाने इन्जिनियर सापकोटाले नारायणी अनलाइनलाई बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका