जोडिनुहोस
  • होमपेज
  • विप्लव समूह माथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

विप्लव समूह माथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, फागुन २०–

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न निर्णय गरेको छ । आज (विहीबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजैदेखि लागू हुने गरी प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

आज विहान मात्रै सो समूह र सरकारबीच तीन बुँदे सहमति भएको थियो । सोही सहमतीको आधारमा सरकारले यस्तो निर्णय गरेको हो । विप्लव समूह माथि भएको सहमतीको बाँकी विषयहरु भोलि (शुक्रबार) सार्वजनिक गरिदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ भोली एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका