



चितवन, फागनु २०
अखिल नेपाल किसान महासंघ, चितवन (ओली पक्ष) ले कार्यसमिति पुनः गठन गरेको छ ।
बिहीबार किसानहरुको भेलाले हालका संयोजक कृष्णप्रसाद सापकोटाकै नेतृत्वमा नयाँ समिति गठन गरेको हो । १९५ सदस्ययी जिल्ला समिति गठन गरिएको छ ।
नव गठित सदस्यहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रमेख दंगालले सपथ खुवाएका थिए ।
सो कार्यक्रममा नेकपा (ओली पक्ष) का नेता कार्यकर्ता, चितवनका सबै स्थानीय तहका किसानका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।