जोडिनुहोस
  • होमपेज
  • सरकार र विप्लव समूहको वार्ता निष्कर्ष नजिक, समान धारणा बन्यो

सरकार र विप्लव समूहको वार्ता निष्कर्ष नजिक, समान धारणा बन्यो

चितवन, फागुन १९-

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच आज भएको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको छ ।

साँझ सकिएको वार्ता निष्कर्ष नजिक पुगेको वार्तामा सरकारी टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘ दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

सरकार र प्रतिवन्धित विप्लव समूहबीच आज बिहान पहिलो चरणको औपचारिक वार्ता भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए ।

वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता÷कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका