जोडिनुहोस
  • होमपेज
  • मकवानपुरमा भएको दुर्घटनामा दुईको मृत्यु

मकवानपुरमा भएको दुर्घटनामा दुईको मृत्यु

हेटौडा,फागुन १९-

मकवानपुरको बकैयामा दुई भिन्नाभिन्नै दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बकैयामा ट्र्याक्टर दुर्घटना हुँदा एकको र पानीमा डुबेर एकको ज्यान गएको प्रहरीले जनाएको छ ।

बकैया गाउँपालिका–९ का ३४ वर्षीय बद्रीलाल वाइबाको आज खानेपानीको मुहानमा डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार वाइबाको शव घरबाट दुई किलोमिटर पर हर्कपुरस्थित खानेपानी मुहानमा डुबेको अवस्थामा फेला परेको थियो । वाइबा छारेरोगका बिरामी रहेको बताइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो ।

बकैयामा आजै ट्र्याक्टर दुर्घटनामा परी एक बालकको ज्यान गएको छ । दुर्घटनामा सोही ट्र्याक्टरमा सवार १३ वर्षीया बालक हेटौँडा उपमहानगरपालिका–१७ का दिलसन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक सोही ठाउँका १८ वर्षीय सुनिल माझी र बकैया–७ भिरकोटका ५८ वर्षीय योगेन्द्र माझी घाइते भएको प्रहरी निरीक्षक गजमेरले बताउनुभयो ।

हेटौँडाबाट सिमेन्ट बोकेर बकैयातर्फ जाँदै गरेको ना ६ त ४५३५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धरान चतरा मार्ग भनिने मदन भण्डारी राजमार्गअन्तर्गत बकैया–५ को तीनतलेमा दुर्घटना भएको थियो । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका