



चितवन,फागुन १९-
नेकपा (ओली समूह) निकट युवाहरुको चितवन जिल्ला कमिटी घोषणा भएको छ । आज भरतपुर १२ मा रहेको स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रम मार्फत शुसिल केसीको संयोजकत्वमा ५०१ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
यस्तै युवासंघको सह–संयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रिन, शिला बस्नेत, युगदर्शन चापागाँई र प्रकाश श्रेष्ठ चयन भएका छन । भरतपुर महानगरपालिकाको संयोजकमा सुविन न्यौपाने,सह–संयोजकमा राम कार्की चयन भएका छन ।
जिल्लाका अन्य पालिकाहरुको संयोजक,सहसंयोजक र कमिटीहरु पनि गठन गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय सचिव प्रताप डल्लाकोटीले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता महेश बस्नेतले युवा संघका जिल्ला कमिटीमा मनोनित भएकाहरुलाई सपथ गराउनुभएको छ ।