होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • ज्येष्ठ नागरिकसँग स्थापना दिवस

समाचार

ज्येष्ठ नागरिकसँग स्थापना दिवस

  • रासस
  • बुधबार, फाल्गुन १९, २०७७
ज्येष्ठ नागरिकसँग स्थापना दिवस

नवलपुर, फागुन १९-

नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले दोस्रो स्थापना दिवस ज्येष्ठ नागरिकसँग मनाएको छ । शाखाले मङ्गलबार वृद्धाश्रममा फलफूल वितरण गरी दोस्रो स्थापना दिवस मनाएको हो । नवलपरासी जिल्ला दुई भागमा विभाजन भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा २०७५ फागुन १८ गते नेपाल पत्रकार महासङ्घ नवलपुर गठन गरिएको थियो ।

विसं २०७५ फागुन १८ गते स्थापना भएको शाखाले दोस्रो स्थापना दिवसको अवसर पारी कावासोतीको पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा फलफूल वितरण गरेको थियो । दिवसका अवसरमा महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीवी पत्रकारको मुद्दामा महासङ्घ सधैँ एक भएर अघि बढ्ने बताउनुभयो ।

श्रमजीवी पत्रकारका मुद्दालाई मूर्तरुप दिन सबैको साथ र एकता आवश्यक भएको भन्दै दोस्रो स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सबैलाई मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

स्थापना दिवसको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष दीपक भट्टराईले स्थापना दिवसको दिन वृद्धाश्रममा फलफूल वितरण गरिनुले समाजमा सकारात्मक कार्यको थालनी भएको बताउनुभयो । सबै खाले नागरिकको मुद्दामा कलम चलाउने पत्रकारले आगामी दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

महासङ्घ नवलपुर शाखाले आफ्नो पहिलो स्थापना दिवस २०७६ फागुन १८ मा मध्यविन्दु–१ को शान्ति आधारभूत विद्यालय सेतापानीमा आवासीय रुपमा अध्ययन गरिरहेका अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरी मनाएको थियो ।

कोभिड–१९ विरुद्धको खोप सुरक्षित

कोभिड–१९ विरुद्धको खोप लगाउँदा कोही पनि डराउन नपर्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनुभएको छ । मङ्गलबार देवचुली नगरपालिकाको दलदलेमा आयोजित ‘स्वास्थ्य समृद्धि र सुरक्षाःकोभिड–१९ खोपले गर्छ रक्षा’ विषयक अभिमुखीकरण तथा पत्रकार अन्तक्र्रिया कार्यक्रममा चापागाईंले ढुक्क भएर कोभिडविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो ।

नवलपुरमा आगामी फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि सम्पूर्णलाई सुरक्षितका साथ भ्याक्सिन लगाउन चापागाईंले आग्रह गर्नुभयो । कोभिड–१९ विरुद्धको खोपको विषयमा विभिन्न किसिमका भ्रम फैलिए पनि वास्तवमा कोरोना खोपले कुनै प्रकारको नकारात्मक असर नगर्ने चापागाईंले बताउनुभयो ।

खोप लगाएपश्चात सामान्य किसिमको लक्षण देखिए पनि डराउनुपर्ने अवस्था नरहेकाले सम्पूर्णलाई खोप लगाउन उहाँले आग्रह गर्नुभयो । अन्तक्र्रियामा मध्यविन्दु जिल्ला अस्पताल डण्डाका डा सविता लम्सालले कोरोनाविरुद्धको खोप लगाएपछि हुनसक्ने सम्भावित घटना ९एइएफआई० व्यवस्थापन कसरी गर्ने, कोरोना खोप लगाउनु कतिको उपयुक्त हो जस्ता विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।

क्रिकेट प्रतियोगिता शुरु

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को देवचुली नगरपालिकास्थित दलदलेमा ड्युज लिग प्रतियोगिता शुरु भएको छ । देवचुली युथ क्लबले स्वर्गीय मुकेश सापकोटाको स्मृतिमा पहिलोपटक ‘टि–ट्वान्टी ड्युज लिग प्रतियोगिता–२०७७’ शुरु गरेको हो । प्रतियोगिताको देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले बलिङ तथा नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले ब्याटिङ गरेर शुभारम्भ गर्नुभएको थियो ।

कुल आठ समूह सहभागी भएको प्रतियोगितामा पहिलो हुने समूहलाई रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई रु २५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको म्यान अफ दि सिरिजलाई रु १० हजार, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मङ्गलबार भएको प्रतियोगिताको पहिलो खेलमा शिव माविले जीत निकालेको छ । आयोजक देवचुली युथ क्लबविरुद्ध शिव माविले ९८ रनले जीत निकालेको हो । निर्धारित २० ओभरको खेलमा शिव माविले ११७ रन जोडेको थियो । शिव माविको लागि शरद तिवारीले सर्वाधिक २४ रन जोड्नुभयो ।

जवाफी ब्याटिङमा उत्रिएको आयोजक देवचुली युथ क्लबले सबै विकेट गुमाउँदै १९ रनमात्रै जोड्न सफल रह्यो । देवचुलीका लागि प्रनिश अर्यालले १३ रनको पारी खेले पनि उक्त पारी जित निकाल्न सम्भव भएन । प्रतियोगिताअन्तर्गत मङ्गलबार नै भएको दोस्रो खेलमा रक इलाभेन स्याङ्जा विजयी भएको छ । आजको खेल ग्लोबल इन्टरफेस इस्टर्न र वेस्टर्न क्रिकेट एकेडेमी र दोस्रो खेल गोर्खा वारियर्स र बालबिकास क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका