जोडिनुहोस
  • होमपेज
  • चितवनमा माइक्रोले कार र मोटरसाइकललाई ठक्कर दिएपछि…

चितवनमा माइक्रोले कार र मोटरसाइकललाई ठक्कर दिएपछि…

चितवन, फागुन १८–

चितवनमा मंगलबार विहान माइक्रो बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१, भतेरी जंगलस्थितमा मुग्लिनबाट भरतपुरतर्फ आउदै गरेको बा २ ख ७९६७ नम्बरको माईक्रोले विपरीत दिशाबाट जादै गरेको बा २ च २८२४ नम्बरको कार र ना १७ प ४०१२ नम्बरको मोटरसाइकल, ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा ना १७ प ४०१२ नम्बरको मोटरसाइकल चालक भरतपुर–२५ बस्ने वर्ष २५ का सुमन गुरुङ (मध्यम), सोही मोटरसाइकलको पछाडी सवार माडी नगरपालिका–८ बस्ने बर्ष ४२ को धुर्व पौडेल (मध्यम), कार चालक धादिङ ज्वालामुखी गाउँपालिका–१ बस्ने वर्ष ३६ का हरीप्रसाद तिवारी (मध्यम), कारमा सवार निजकी श्रीमती वर्ष २८ की श्रृजना तिवारी (मध्यम), निजका छोरा वर्ष ९ का हर्षित तिवारी (सामान्य), निजकी छोरी वर्ष ३ की हार्षिका तिवारी (सामान्य) घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ना २७ प ७०८९ नम्बरको मोटरसाइकल चालक भरतपुर–२९ कविलास बस्ने वर्ष ५२ को सुकमान तामाङ (सामान्य), माईक्रोमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ बस्ने वर्ष २३ का संदिप कुमार साह (सामान्य), बारा महागढीमाई नगरपालिका–११ बस्ने वर्ष ३७ का मनोज कुमार साह सोनार (सामान्य) को चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक प्रतिक्रिया on “चितवनमा माइक्रोले कार र मोटरसाइकललाई ठक्कर दिएपछि…

  1. माइक्रोचालकहरूले धेरै नै लापरबाही तरिकाले चलाउँछन् ।मोटरसाइकलका लागि यिनीहरू टिफर जस्तै हुन् । छेउ लागेर रोक्नुपर्ने अवस्था बनाउँछन् । सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरूरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका