होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • युवा संघ चितवनको जिल्ला भेला भोली, महेश बस्नेतले सम्बोधन गर्ने

युवा संघ चितवनको जिल्ला भेला भोली, महेश बस्नेतले सम्बोधन गर्ने

चितवन,फागुन १८-

राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला बुधबार भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीकाअनुसार कार्यक्रम मध्यान्ह १२ बजे भरतपुर महानगरपालिका वडा नं १२ स्थित वसन्त चोकमा रहेको स्मार्ट पार्टी प्यालेसमा हुनेछ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम हुने डल्लाकोटीले जानकारी दिनुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली समाजवाद निर्माणाको आधार, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरता आजको सरोकार” नाराका साथ हुने उक्त कार्यक्रममा बस्नेत सहित संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । संघका नेता कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी हुन उहाँले आह्वान समेत गर्नुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघका जिल्ला नेता सुशील केसीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका