होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा झण्डै चार हजार गर्भवतीको शल्यक्रिया, प्रसब पीडा सहन नसक्दा शल्यक्रिया गराउने बढ्दै

चितवनमा झण्डै चार हजार गर्भवतीको शल्यक्रिया, प्रसब पीडा सहन नसक्दा शल्यक्रिया गराउने बढ्दै

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, फागुन १८-
चालु आर्थिक वर्ष २०७७\७८ को पछिल्लो तथ्यांकअनुसार चितवनमा ३५.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयकी स्वास्थ्य अधिकृत गिताञ्जली ढकालले दिएको तथ्यांकअनुसार तीन हजार ७६२ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका हुन् । दुई प्रतिशत अर्थात् २१८ जना महिलाले भ्याकुम फोर्सका सहायताबाट बच्चा जन्माएका छन् ।

६२.३ प्रतिशत अर्थात छ हजार ५६८ जना महिलाले समान्यरुपमा बच्चा जन्माएका छन् । जिल्लामा चालु आर्थिक वर्षभरीमा कुल १० हजार ५४८ जना महिला सुत्केरी भएका छन् । जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना रहेका छन् ।

चालु आवमा मातृ मृत्युदर एक लाखमा ३३.२ रहेको छ अर्थात् पाँच जना महिलाले ज्यान गुमाएका छन् । कुन विधिबाट बच्चा जन्माउँदा कति मृत्यु भयो भन्ने तथ्यांक भने स्वास्थ्य कार्यालयले उपलब्ध गराउन सकेन । चालु आवमा जन्मेको २८ दिनभित्रमा २१ जना शिशुको ज्यान गएको छ ।

गत आव ०७६\७७ को तथ्यांकअनुसार गत आवमा ३४.३ प्रतिशत अर्थात छ हजार ४४९ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्मएका थिए । २.१ प्रतिशत अर्थात् ३९७ जना महिलाले भ्याकुम फोर्सको सहायताबाट बच्चा जन्माएका थिए । ६३.६ प्रतिशत अर्थात् ११ हजार ९३९ महिलाले सामान्यरुपमा बच्चा जन्माएका थिए । गत आवमा जिल्लाभरमा १८ हजार ७८५ जना महिला सुत्केरी भएका थिए । जसमा स्वास्थ्य संस्थाबाट १८ हजार ४९३ जनाले सुत्केरी गराएका थिए ।

गत आवमा मातृ मृत्युदर एक लाखमा ६६.७ थियो अर्थात् १० जना महिलाले ज्यान गुमाएका थिए । जन्मेको २८ दिनभित्र ४२ जना शिशुको ज्यान गएको थियो ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसुति विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले महिलाको शारीरिक अवस्था, बच्चाको अवस्थालगायतका विभिन्न कारणले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने देखिएमा डाक्टरहरुले नै शल्यक्रिया गराउन सल्लाह दिन्छन् । कतिपय अवस्थामा पीडा सहन नसक्दा गर्भवती र आफन्तले नै शल्यक्रिया गरिदिन भन्ने गरेको उनले बताए । पछिल्लो समय महिलाहरुले जोखिम मोल्न र पीडा सहन नसक्दा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा पोख्रेल बताउँछन् । यस्तै एकपटक शल्यक्रियामार्फत् बच्चा जन्माएकी महिलाले अर्काे पटक जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने भएकाले पनि यो दर बढ्दै गएको उनले जनाए ।

जटिल अवस्थामा मात्र आमाहरुको निधन हुने गरेको बताउँदै डा पोख्रेलले जुनसुकै विधिबाट सुत्केरी गराउँदा पनि जटिल अवस्था आउन सक्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका