होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • धादिङमा बाटो खन्दै गर्दा पैदल यात्रीको मृत्यु,स्थानियद्धारा एक्स्काभेटरमा आगजनी

धादिङमा बाटो खन्दै गर्दा पैदल यात्रीको मृत्यु,स्थानियद्धारा एक्स्काभेटरमा आगजनी

धादिङ,फागुन १७-

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा महिलाको ज्यान गएपछि स्थानीयले एक्स्काभेटरमा आगो लगाएका छन् । बाटो खन्ने क्रममा एक्स्काभेटरले लागेर घाइते भएकी महिलाको खाल्टो खनी अपरेटरले पुर्ने प्रयास गरेको आरोपमा एक्स्काभेटर जलाइएको हो ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका १ की ४५ वर्षीया सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाई अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा ज्यान गएको स्थानीयको आरोप छ । घटनापछि स्थानीयले डोजरमा आगो लगाएको र अपरेटर फरार रहेको प्रहरीले बताएको छ । सल्यानटारमा घटना नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका